संकटा क्लब, बिर्तामोडमा जारी पाँचौ संस्करणको झापा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिर्ताबजारस्थित डोमालाल रंगशालामा भएको आइतबारको खेलमा नेपाल पुलिस क्लबमाथि १-० गोलको साँधुरो जित निकाल्दै संकटाले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
संकटाको जितमा ६५औं मिनेटमा उत्तम राईले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा भने दुबै टोली आक्रामक रुपमा मैदान उत्रिएका थिए । पुलिसका आधा दर्जन प्रहार खेर गएको थियो ।
संकटाका फोडे फोफोना प्लेयर अफ दी म्याच घोषित भए । उनले ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता भोलिदेखि क्वाटरफाइनल चरणका खेल हुनेछन् । पहिलो क्वाटरफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र ललितपुरको सातदोबाटो युथ क्लबबीच खेल हुनेछ ।
फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेता टोलीले ६ लाख पाँच हजार प्राप्त गर्नेछन् ।





























प्रतिक्रिया