ललितपुरे क्लब सातदोबाटो युथ, बिर्तामोडमा जारी पाँचौ संस्करणको झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो क्वार्टरफाइनलमा सोमबार सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले अन्तिम चारमा स्थान बनाएको हो ।
बिर्ताबजारस्थित डाेमालाल रंगशालामा भएकाे प्रतिस्पर्धात्मक खेलको ८२ औं मिनेटमा मात्रै पहिलो गोल सम्भव भएको थियो । सुशील राईले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । त्यसको २ मिनेटपछि नै निरज चौधरीले गोल थपेपछि सातदोबोटो जित उन्मुख भएको थियो । दोस्रो हाफको अतिरिक्त समयमा दिपेश धिमालले एपीएफका लागि सान्त्वना गोल फर्काएका थिए ।
सातदोबाटोका सुशील म्यान अफ द म्याच भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।
दोस्रो क्वार्टरफाइनलमा मंगलबार संकटा क्लब र थ्री स्टर क्लबबीच खेल हुनेछ । संकटा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो भने श्री स्टारले सिधैं अन्तिम ८ मा प्रवेश पाएको हो ।































प्रतिक्रिया