आईसीसी वरीयता : कुशल भुर्तेलकाे दुई स्थान सुधार, दीपेन्द्रकाे खस्कियाे

आईसीसी वरीयता : कुशल भुर्तेलकाे दुई स्थान सुधार, दीपेन्द्रकाे खस्कियाे

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आईसीसी टी–२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका छन्। 

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा कुशल २९औं स्थानमा उक्लिएका हुन् । यो कुनै पनि नेपाली ब्याटरको सबैभन्दा उत्कृष्ट वरीयता हो। यसअघि पछिल्लो हप्ता उनी वरीयताको ३१औं स्थानमा थिए ।

यस्तै, नेपाली टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीको भने वरीयता एक स्थान खस्किएको छ। पछिल्लो हप्ता वरीयताको ५०औं स्थानमा रहेका दीपेन्द्र ५१औं स्थानमा झरेका छन्। 

वरीयताको शीर्ष पाँचमा कुनै परिवर्तन भएको छैन। वरीयताको शीर्ष र दोस्रो स्थानमा पाकिस्तानी ब्याटरद्वय बाबर आजम र मोहम्मद रिजवान छन्। 

यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिकी ब्याटर आइदेन मार्करम, चौंथो स्थानमा इंग्ल्यान्डका डेविड मलान र पाँचौं स्थानमा न्युजिल्यान्डका डेभिन कोनवे छन्।

Skip This
Skip This
Logo