एट्लेटिकोसँग पराजित हुँदै बाहिरियो युनाइटेड

एट्लेटिकोसँग पराजित हुँदै बाहिरियो युनाइटेड

केन्द्रबिन्दु
0
Shares

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड यूइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। 

मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १-० अन्तरले पराजित भएपछि समग्रमा २-१ को हार व्यहोर्दै  स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो सम्मिलित युनाइटेड बाहिरिएको हो।

ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले खेलको ४१औँ मिनेटमा निर्णायक गोल गरे। स्पेनमा भएको पहिलो लेगमा युनाइटेड र एट्लेटिकोले १-१ गोलको बराबरी खेलेका थिए। 

जितसँगै एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ।

Logo