इन्डियन प्रिमियर लिग : कोलकत्ताद्वारा मुम्बई इण्डियन्स ५ विकेटले पराजित

इन्डियन प्रिमियर लिग : कोलकत्ताद्वारा मुम्बई इण्डियन्स ५ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ।

बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेकाे हाे।

कोलकत्ताको जितमा पाट कुमिन्स बिस्पोटक ब्याटिङ गर्दै १५ बलमा अविजित रहँदै ५६ रन बनाए। भेन्काटेस आयरले ५० रनको योगदान गरे। मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २-२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेकाे थियाे।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५२ रन बनाए। कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक २ विकेट लिए। 

जितसँगै कोलकत्ताले ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। लगातार तेस्रो हारसँगै मुम्बईले अंक जोड्न सकेको छैन।

Logo