इण्डियन प्रिमियर लिग आइपिएल टि-२० क्रिकेटमा सनराइजर्स हैदरावादले रोमाञ्चक जित निकालेको छ । सोमवार राति मुम्बईमा भएको खेलमा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो ।
पहिले ब्याटिङ गरेको गुजरातले सात विकेट गुमाएर १६२ रन बनाएको थियो । गुजरातका हार्दिक पाण्डयाले ४२ बलमा अविजित ५० रन बनाए। अभिनव मनोहरले २१ बलमा ३५ रन बनाउँदा हैदरावादका भुवनेश्वर कुमार र टी नटराजनले २-२ विकेट लिए।
जवाफमा हैदरावादका कप्तान केन विलियम्सनको शानदार ५७ रनको मद्दतले पाँच बल बाँकी रहँदै आठ विकेटले खेल जित्यो । विलियम्सनले ४६ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ५७ रन बनाए । हैदरावादका लागि निकोलस पूरनले १८ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै अविजित ३४ रन बनाएर टोलीको जित सुनिश्चित गरे ।
आइपिएलको जारी सिजनमा गुजरात टाइटन्सको यो पहिलो हार हो । अहिलेसम्म दुवै टोलीले चार-चार खेल खेलिसकेकोमा गुजरातले चार खेलमा तीन खेल जितेको छ भने एक खेलमा हार व्यहोरेको छ । हैदरावादले दुई खेलमा हार र दुई खेलमा जित निकाल्न सफल भएको छ ।































प्रतिक्रिया