रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा

रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा

केन्द्रबिन्दु
0
Shares

चिरपरिचित म्यानचेस्टर सिटीलाई ३/२ अन्तरले पराजित गर्दै लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ। 

शनिबार वेम्बली रंगशालामा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीमाथि जित निकाल्दै सात पटकको च्याम्पियन लिभरपुल १० वर्षपछि उपाधि नजिक रहेको छ। सन् २०१२ पछि लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको हो।

लिभरपुलको जितमा साडियो मानेले दुई तथा इब्राहिम कोनाटले एक गोल गरे। सिटीका ज्याक ग्रेलिस र बर्नाडो सिल्भाले गोल फर्काएपनि टोलीले हार टार्न सकेन ।

लिभरपुलले उपाधिका लागि आइतबार साँझ चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ।

Skip This
Skip This
Logo