मंगलबारदेखि सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने

मंगलबारदेखि सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने

केन्द्रबिन्दु
0
Shares

प्रोफेसनल गल्फर एसोसियन नेपालको आयोजनामा मंगलबारदेखि सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने भएको छ । 

आयोजक प्रोफेसनल गल्फर एसोसियन नेपालले सोमबार पत्रकार सम्मेलन गरेर एयरपोर्टको गल्फ कोर्समा चार दिन सम्म कुल ७२ होलको खेल हुने जानकारी दिएको हो । प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाउने छन । जसमा ३६ प्रोफेसनल र २० एमेच्योरले सहभागिता जनाउने नेपाल प्रोफेसनल गल्फर एसोसियनका महासचिव दीपक आचार्यले जानकारी दिए । 

यस्तै प्रतियोगितामा बेलायतबाट खेल्दै आएका ७ जना खेलाडीले समेत प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा साविक विजेता सुवास तामाङसँगै भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, रबि खड्का, राम थापा लगायतका खेलाडीले सहभागिता जनाउने छन् भने बेलायतबाट महेन्द्र फगामी, झमक लिम्बु, भक्त शेरचन, देव राना, बिष्णु थापा, राजु तामाङ र गजेन्द्र गुरुङले सहभागिता जनाउनेछन् ।

शुक्रबारसम्म आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख प्राप्त गर्दा उपविजेताले ६५ हजार रुपैयाँ पाउने छन । यस्तै तेस्रोले ४६ हजार प्राप्त गर्दा शीर्ष २१ मा रहने खेलाडीले समेत नगद  पुरस्कार पाउने आयोजकले बताएको छ । 

Logo