नयाँ बस्तीलाई तीन लाख जरिवाना, खेलाडीलाई प्रतिबन्ध

नयाँ बस्तीलाई तीन लाख जरिवाना, खेलाडीलाई प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

मध्यपुर युथ एसोसियनविरुद्धको खेलमा मैदानभित्र गरिएको अभद्र व्यवहार र अनुशासनहीन कार्यका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ बस्ती युथ क्लबलाई तीन लाख जरिवाना गरेको छ। 

एन्फाअन्तर्गतको लिग कमिटीको सोमबार बसेको बैठकले बी डिभिजन क्लब नयाँ बस्तीलाई जरिवानासहित खेलाडी र अफिसियललाई फुटबल गतिविधिमा प्रतिबन्ध गरेको हो। 

क्लब अफिसियल श्रीबहादुर योगीलाई दुई वर्ष एन्फाले आयोजना गर्ने फुटबल गतिविधिमा सहभागीता हुन नपाउने निर्णय गरेको छ। यस्तै, क्लब व्यवस्थापक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्ष फुटबलमा प्रतिबन्ध लगाएको छ। 

२६ चैतमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मध्यपुर युथसँग ३–१ अन्तरले पराजित भएसँगै क्लबका प्रतिनिधिले भौतिक सामग्री तोडफोड गरेका थिए। 

चर्च ब्वाईज युनाइटेड र खुमलटार युवा क्लब शीर्ष डिभिजनमा उक्लिँदा नयाँ बस्तीले भने ११औँ स्थानमा रहेर बी डिभिजन लिग टुङ्गाएको थियो।

Skip This
Skip This
Logo