इन्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ।
डीवाई पटिल स्टेडियम मुम्बईमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो। राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५१ रन बनाए भने तिलक बर्माले ३५ रन बनाए। त्यस्तै इशान किशनले २६, टिम डेविड २० र केरन पोलार्डले १० रन बनाए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । राजस्थानका लागि जोस बटलरले ६७ रन बनाए भने आर आश्विनले २१ रन बनाएका थिए। यो जितसँगै मुम्बई इन्डियन्स नवौँ खेलमा पहिलो जित निकाल्दै २ अंकसहित तालिकाको पुछारमा छ । नौ खेलमा तीन पराजय भोगेको राजस्थान भने १२ अंक सहित दोस्रो स्थानमा छ।































प्रतिक्रिया