शनिबार वर्षाका कारण स्थगित भएको नेपाल र जिम्बावे 'ए' बीचको खेल आज हुँदै छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-ट्वान्टी अन्तर्गत आज जिम्बावे 'ए' विरुद्ध खेल्न लागेको हो । यसअघि शनिबारका लागि तय भएको खेल वर्षाका कारण स्थागित भएको थियो । खेल टियु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेल्न लागेको हो ।
आज नेपाल जिम्बावेलाई हराउँदै सिरिजका सुखद सुरुआत गर्ने योजनामा रहेको छ । तर, टेस्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन । नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गत दुबै खेलमा नेपाल पराजित भएको थियो ।
नेपालले घरेलु मैदानमा जिम्बावे 'ए' सँग तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ । टी-ट्वान्टीपछि नेपालले एकदिवसीय सिरिज खेल्नेछ ।































प्रतिक्रिया