नेपालले पहिलो टी-२० क्रिकेटमा जिम्बाब्वे 'ए' विरुद्ध १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरमा जिम्बाब्वेले टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८१ रनको उच्च योगफल तयार पारेको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३६ र दीपेन्द्रसिंह ऐरीले २८ रन बनाए । मोहमद आदिल आलमले नटआउट ४७ रनको योगदान गरे । मात्र २७ बलको सामना गरेका उनले ३ छक्का र ४ चौकाको मद्दतमा सो रन बनाएका हुन् ।
आसिफ शेख ९ र आरिफ शेख २ रनमा आउट हुँदा करण केसी ४ रनमा नटआउट रहे ।
ब्राड इभान्स, लुक जोङ्वे, ब्रान्डन माभुता र जोन मासाराले समान एकएक विकेट लिए ।
केहीबेरमा जिम्बाब्वेले जवाफी इनिङ्स थाल्नेछ ।
नेपाल भ्रमणमा रहेको जिम्बाब्वेले ३ वटा टी-२० र ३ वटा वन डे म्याच खेल्नेछ ।





























प्रतिक्रिया