जिम्बावेबिरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

जिम्बावेबिरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

केन्द्रबिन्दु
0
Shares

दोस्रो एक दिवसीय खेलमा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बावे ‘ए’सँग खेल्दैछ । 

कीर्तिपुर स्थित टीयू  क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् ।  अब जिम्बाब्वे पहिला ब्याटिङ गर्नेछ  ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग पराजित भएको थियो । त्यसैले आज नेपाल शृंखला बराबरीमा ल्याउने दाउमा हुनेछ । नेपाल शृंखला बराबरीमा ल्याउने लक्ष्यमा रहँदा जिम्बाब्वे भने जित निकाल्दै १ खेल अगावै शृंखलामाथि कब्जा जमाउन चाहन्छ ।

पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा सुशन भारी र आदिल अन्सारीलाई बेन्चमा राख्दा विनोद भण्डारी र सुनिल धमलालाई सेटमा राखिएको छ ।

यस्ताे छ नेपाली टिम:
सन्दीप लामिछाने (कप्तान)  मोहम्मद आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला । 

Skip This
Skip This
Logo