पन्जाब किंग्सलाई ६ विकेटले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ क्रिकेट प्रतियोगितामा सातौं जित निकालेको छ। जितसँगै तेस्रो स्थानमा रहेको राजस्थानले प्लेअफ सम्भावना बलियो बनाएको छ।
मुम्बईमा १९० रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो। राजस्थानको जितमा यशस्वी जैसवालले सर्वाधिक ६८ रन बनाए। यस्तै, देवदत्त पाडिक्कल र शिम्रन हेटमायरले समान ३१ रन बनाउँदा जस बटलरले ३० रन बनाए।
पन्जाबका अर्शदीप सिंहले २ विकेट तथा कागिसो रबाडा र ऋषि धवनले समान एक विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पन्जाब किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८९ रन बनायो ।
पन्जाबका ओपनर जोनी बेयरस्टोले सर्वाधिक ५६ रन बनाए । यस्तै जितेश शर्माले ३८ रन बनाउँदा भानुका राजपक्षे २७ रनको योगदान गरे।
राजस्थानका युजभेन्द्र चहलले ३ विकेट लिए। यस्तै प्रसिद्ध कृष्ण र रविचन्द्रन आश्विनले समान १ विकेट लिए ।
जितसँगै राजस्थान ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ । पन्जाब ११ खेलबाट १० अंक सहित सातौं स्थानमा छ।





























प्रतिक्रिया