सी डिभिजन लिग : खालीबारीको दोस्रो जित

सी डिभिजन लिग : खालीबारीको दोस्रो जित

केन्द्रबिन्दु
0
Shares

शहिद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबले दोस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतबार बिहान भएको खेलमा खालीबारीले ओएसिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । खालीबारीको जितमा सन्दीप गुरुङले २ र अभय रानाले १ गोल गरे भने ओएसीसका लागि समिर कार्कीले गोल फर्काए ।

खेलको पहिलो मिनेटमा सन्दीपले गोल गर्दै खालीबारीलाई अग्रता दिलाए । खेलको ९ मिनेटमा पाएको पेनाल्टीमा सन्दीपले गोल गर्दै खालीबारीको अग्रतालाई दोब्बर बनाए । खेलको ३२ औँ मिनेटमा अभय रानाले खालीबारीका लागि तेस्रो गोल गरे । खेलको ३७ औँ मिनेटमा पाएको फ्रि किकमा समिरले ओएसीसका लागि खाता खोले । सन्दीप गुरुङ म्यान अफ द म्याच घोषित भए । 
 

Logo