इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा एस्टन भिल्ला पराजित

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा एस्टन भिल्ला पराजित

केन्द्रबिन्दु
0
Shares

एक गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ अन्तरले पराजित गरेको छ।

मंगलबार भिल्ला मैदानमा लिभरपुलले पुनरागमन जित निकालेको हो। जितसँगै लिभरपुलले उपाधि होड कायमै राखेको छ।

लिभरपुलको जितमा जोएल माटिप र साडियो मानेले १-१ गोल गरे। घरेलु टोलीका डुगलस लुइजको गोल सान्त्वना बन्यो।

जितपछि लिभरपुल ३६ खेलबाट ८६ अंकसहित दोस्रो स्थानमा छ। 

एक खेल कम खेलेको म्यानचेस्टर सिटीको समान अंक भएपनि शीर्ष स्थानमा छ। भिल्ला ४३ अंक जोडेर ११औं स्थानमा छ।

Logo