सन्दीपको राम्रो प्रदर्शनका बाबजुद जमैका पराजित

सन्दीपको राम्रो प्रदर्शनका बाबजुद जमैका पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत गए रातिको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने अनुबन्धित जमैका तलावाज पराजित भएको छ। तलावाज सेन्ट लुसिया जौक्ससँग ११ रनले पराजित भएको हो।

पहिले टस हारेर ब्याटिङमा उत्रिएको लुसियाले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । १४६ रनको लक्ष्य पछ्याएको जमैका १३४ रनमा सीमित भएको थियो ।

जमैकाले ६ हार र ३ जितसहित ७ अंक जोडेको छ । उसको तालिकामा चौथो स्थान छ। त्यस्तै सेन्ट लुसिया १२ अंकसहित तेस्रो स्थानमा छ।

Skip This
Skip This
Logo