नेपालले युगाण्डाविरुद्धको चौथो टी-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा १५ रनको जित निकालेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार चार हार ब्यहोरेको नेपालले युगाण्डाविरुद्धको चौथो खेलमा जित निकाल्दै हारको श्रृखंला तोडेको हो । आजको जितसँगै नेपालले ५ म्याचको सिरिज ३-१ को अवस्थामा ल्याएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली युगाण्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । युगाण्डाका लागि जनित बाबाब्जीले २१ रन बनाइन् ।
युगाण्डालाई कम स्कोरमा रोक्न हिरन्माइ रोएले २ तथा रुबिना क्षेत्री, कविता कुँवर र अस्मिना कर्माचार्यले एक एक विकेट लिए । अन्तर्राष्ट्रिय टी-२० को डेब्यु म्याचमा रोएले ३ ओभरमा मात्र ११ रन खर्चेर २ विकेट लिइन् ।
यसअघि पहिला ब्याटिङ गरेको नेपाल १७.५ ओभरमा ९७ रनमा अलआउट भएको थियो । वर्षाका कारण आउटफिल्ड भिजेपछि १८ ओभरमा छोट्याइएको खेलमा नेपालका लागि ज्योति पाण्डेले १७, विन्दु रावलले १६ र सीता राना मगरले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । कोन्की अवोकेले ३ तथा सराहा अकितेनले २ विकेट लिए ।
५ म्याचको सिरिजमा नेपालले यसअघिका तीनै खेल गुमाएको थियो । सिरिजको अन्तिम खेल शनिबार हुनेछ ।































प्रतिक्रिया