साबिक विजेता आर्सनल एफएकपबाट बाहिरियो

साबिक विजेता आर्सनल एफएकपबाट बाहिरियो

केन्द्रबिन्दु
0
Shares

डिफेन्डिङ च्याम्पियन आर्सनलको एफएकपकाे यसवर्षकाे चुनौती समाप्त भएकाे छ । आत्मघाती गोलको मद्दतले साउथ ह्याम्पटन १–० ले विजयी रहेसँगै आर्सनल बाहिरिएकाे हाे ।

साउथह्याम्टन ह्याम्पसायरमा शनिबार राति भएको आर्सनलको हारमा गाब्रियलले पहिलो हाफमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो ।उनले खेलको २४औं मिनेटमा वाल्कर पिटर्सको प्रहारलाई बचाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।पछिल्ला सात खेलमा पनि आर्सनलको यो पहिलो हार हो ।

अब साउथ ह्याम्पटनले प्रतियोगिताको अर्को चरणमा इंग्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी उल्भ्सको सामना गर्नेछ ।

Logo