नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० लिगका लागि ६ टिमको नाम तय गरेको छ। नेपाल टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी-भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिएको छ ।
६ टोलीलाई ’होम एण्ड अवे’ को अवधारणमा खेलाउने क्यानको तयारी छ। कार्यवाहक सचिव प्रशान्त मल्लले सबै टोली प्रतिस्पर्धाको माध्यमबाट आएको बताएका छन् । उनी भन्छन्, ‘अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्याएको योगदानको कदरसहित धन्यवाद दिदै अन्य कुनैपनि लिगलाई राष्ट्रिय मान्यता नदिने कुरामा आफूहरु प्रस्ट भएको बताउछन ।’
त्यस्तै क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा भने अनुमति दिन सकिने क्यानले जनाएको छ । बैठकले २०२२ अप्रिल १ तारिखदेखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टोलीका महिला तथा पुरुष खेलाडी, मैदान कर्मचारी, मैदान कार्यालय सहयोगी र त्रिवि मैदान पिच क्युरेटरको मासिक पारिश्रमिकमा वृद्धि गरेको छ । राष्ट्रिय पुरुष टोली खेलाडीको मासिक पारिश्रमिक रु १० हजारले वृद्धि गरिएको छ भने महिला टोलीका ए र बी श्रेणीका खेलाडीको रु छ हजारको दर वृद्धि गरिएको छ भने सी श्रेणीका खेलाडीको रु पाँच हजारका दरले बढाएको छ ।
यस्तै सम्पूर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक रु तीन हजारले, मैदान कार्यालय सहयोगीको मासिक रु पाँच हजारको दरले र पिच क्युरेटरको मासिक पारिश्रमिक रु छ हजारले वृद्धि गर्ने निर्णय गरेको क्यानले जनाएको छ ।































प्रतिक्रिया