नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिगमा सहभागी हुने फ्रेन्चाइज टोली खरिदका लागि टेन्डर आह्वान गरेको छ ।
आयोजक क्यानले शुक्रबार एक विज्ञप्ति निकाल्दै टोली खरिदका लागि टेन्डर आह्वान गरेको हो ।
भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स कर्मसियल र रणनीतिक साझेदारीमा ८ असोजदेखि ५ कात्तिकसम्म आयोजना हुने प्रतियोगिताको पहिलो संस्करणमा ६ टोलीको सहभागिता रहनेछ ।
क्यानको मङ्गलबार बसेको बोर्ड बैठकले ६ वटा नामलाई अनुमोदन गरेको थियो। जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न छन्।





























प्रतिक्रिया