टी–२० च्याम्पियनसिपमा सहभागि हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई

टी–२० च्याम्पियनसिपमा सहभागि हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई

केन्द्रबिन्दु
0
Shares

मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपमा सहभागि हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई मंगलवार बिदाई गरिएको छ ।  
नेपाल क्रिकेट संघ क्यानले मंगलवार एक कार्यक्रमको आयोजना गरेर एसिसि महिला टी–२० च्याम्पियनसिपमा सहभागि हुन बुधवार मलेसिया प्रस्थान गर्न लागेको टोलीलाई बिदाई गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेप का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीले बिदाई गरेका हुन् ।

बिदाईपछि बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले एशिया कपमा छनोट भएर फर्किने बताईन । अन्तर्राष्ट्रिय सहभागितामा खासै उपलब्धि हात पार्न नसकेको भन्दै कप्तान रुबिनाले महिला टोलीले यो संस्करणमा इतिहास रचेर स्वदेश  बताईन ।

एशिया कप छनोट हुने लक्ष्यका साथ नेपाली टोलीले कीर्तिपुर स्थित त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा महिना दिन यता अभ्यास गरेको थियो । युगाण्डासँगको श्रृंखलापछि भएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली टोलीले अभ्यासलाई निरन्तरता दिएको थियो । च्याम्पियनसिप मलेसियामा जुन १७ गतेदेखि २५ जुनसम्म हुँदैछ ।  

कार्यक्रममा मुख्य प्रशिक्षक जगत टमाटाले टोलीको लक्ष्य भनेको च्याम्पियन भएर स्वदेश फर्किने रहेको बताए ।

 

Logo