कतार विश्वकपका बारेमा जान्नै पर्ने १० कुराहरु

कतार विश्वकपका बारेमा जान्नै पर्ने १० कुराहरु

केन्द्रबिन्दु
0
Shares

विश्वकप सुरु हुन अझै १ सय ५४ दिन बाँकि छ । ३२ वटा राष्ट्रहरु फिफा विश्वकप खेल्नका लागि छनोट भएसँगैं संसारभर छरिएर रहेका फुटबल प्रेमीहरुमा गर्मागर्मी छाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यो वर्ष करिब ५ बिलियन मानिसहरुले टिभीबाट प्रत्यक्ष खेलको आनन्द लिन सक्ने बताईसकेका छन् । यसै बेला कतारमा हुन गईरहेको विश्वकपका बारेमा फ्यानहरूले जान्नै पर्ने १० वटा कुराहरु….
१. २.९ मिलियन जनसंख्या भएको देश  ‘कतार’  तेल र  ग्याँस निर्यातका कारण विश्वकै धनी राष्ट्रमध्ये एक हो ।
२. विश्वकपकै लागि भनेर कतारले विशेष गरी सातवटा नयाँ स्टेडियमहरू निर्माण गरेको छ, र फाइनल खेलका लागि पूरै नयाँ शहर बनाइएको छ ।
३. सयभन्दा बढी नयाँ होटल, मेट्रो र सडक पनि निर्माण भइरहेका छन् ।
४. फाइनल खेलसम्म आउँदा १५ लाख पर्यटक सहभागी हुने प्रतियोगिताको आयोजक समितिले अनुमान गरेको छ ।
५. कतार एक रूढिवादी मुस्लिम देश हो, र प्रशंसकहरूलाई कतारी मानिसहरुले कस्तो व्यवहार गर्छन् भन्ने बारे सावधान रहन चेतावनी दिइएको छ ।

६. कतारमा रक्सी पिउन कडा प्रतिबन्धहरू छन । सामान्यतया लक्जरी होटलहरूका बारहरूमा मात्र किन्न पाईन्छ । बियरको एक पिन्टलाई १० देखि १३ डलर खर्च गर्नुपर्ने हुनसक्छ ।
७. आयोजकहरूले प्रतियोगिताको समयमा तोकिएको फ्यान जोनमा रक्सी बिक्री गर्न सक्ने बताएका छन ।
८. कतारको कुल जनसंख्या २.९ मिलियन रहेको छ ।
९. ६० हजार अर्पाटमेन्ट र भिल्लाहरु, ५० हजार होटेलका कोठाहरु, ९ हजार फ्यान भिल्लाका बेडहरु र ४ हजार क्रुज जहाजका कोठाहरु तयारी अवस्थामा राखिएको छ ।
१०. कतारले विश्वकप आयोजना गर्न पूर्वाधारमा करिब २०० बिलियन डलर खर्च गर्यो । यो फिफा विश्वकप इतिहासकै सबैभन्दा महँगो र बढि  खर्च भएको बताइएको छ ।


 

Skip This
Skip This
Logo