घरेलु टोली इंग्ल्यान्डविरुद्ध भारतको सहज जित

घरेलु टोली इंग्ल्यान्डविरुद्ध भारतको सहज जित

केन्द्रबिन्दु
0
Shares

भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ ।

जितसँगै तीन खेलको शृंखलामा भारतले १-० को अग्रता लिएको छ । जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ओभर तीन बलमा सवै विकेट गुमाउँदै १४८ रनमा समेटियो । इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक ३६ रन बनाए  । ह्यारी ब्रुकले २८ र  क्रिस जोर्डनले २६ रनको योगदान गरे । भारतका हार्दिक पान्ड्याले सर्वाधिक  ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनायो । भारतका हार्दिक पान्ड्याले सर्वाधिक ५१ रन बनाए । यस्तै, कप्तान रोहित शर्मा २४, दीपक हुडाले ३३ र सूर्य कुमार यादवले ३९ रनको योगदान गरे । इंग्ल्यान्डका क्रिस जोर्डन र  मोईन अलीले समान दुई विकेट लिए । अब, दोस्रो खेल शनिबार हुनेछ ।

Logo