कमजोर ब्याटिङका कारण नेपाल ओमनसँग पराजित

कमजोर ब्याटिङका कारण नेपाल ओमनसँग पराजित

केन्द्रबिन्दु
0
Shares

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ ।

सोमबार राति सम्पन्न भएको यो खेलमा पराजित भएसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा झरेको छ । टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाउँदै २२० रन बनाएको थियो । जवाफी ब्याटीङमा उत्रिएको नेपाल ४६.५ ओभरमा १८० रनमा समेटियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ५० रन बनाए। देव खनालले ३४, कुशल भुर्तेलले २७, करन केसीले १९, आसिफ शेखले १७ तथा सोमपाल कामी र मोहम्मद आदिल खानले समान १० रन बनाए ।

रोहित पौडेलले खाता खोल्न सकेनन् भने दीपेन्द्र सिंह ऐरी ४ रन जोडेर आउट भए। ३० रन जोड्दा पहिलो विकेट गुमाएको नेपाली टोली ५८–४ को स्थितीमा पुगेको थियो । त्यसपछि देव खनाल र आरिफ शेखले पाचौँ विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया ४७.३ ओभरमा २२० रनमा अलआउट भयो ।

नामिबियाका लागि जान इटनले अर्धशतक प्रहार गरे। सोमपाल कामीबाट आउट हुनुअघि उनले ६९ बलमा ६० रनको योगदान गरे।
ओपनरद्वय लो लाउरेन्सले १८ रन र डिभान ला ककले ४१ रन जोडे। क्राइग विलियम्सले २१ रन जोड्दा जान ग्रिनले ३ रन मात्र जोड्न सके ।
 
यस्तै नामिबियाका कप्तान इरामसले दीपेन्द्रसिंह ऐरीबाट बोल्ड हुनुअघि ४९ बलमा २२ रन जोडे । जेजे स्मिथ १७ रन र डेभिड विसे १८ रनमा आउट भए ।
जितसँगै १६ खेलबाट १६ अंक जोड्दै नामिबिया लिग २ को पाँचौ स्थानमा उक्लिएको छ भने १७ खेलबाट १५ अंक जोडेको नेपाल पछि पर्दै छैटौं स्थानमा झरेको छ ।

Logo