इंग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ ।
अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ । २४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो । भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए ।
इंग्ल्यान्डका बलर टोप्लीले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्ड ४९ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन बनायो ।





























प्रतिक्रिया