नामिबियाविरुद्ध बलिङमा नेपाल

नामिबियाविरुद्ध बलिङमा नेपाल

केन्द्रबिन्दु
0
Shares

आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।

न्यू कम्बुस्डनमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दा नेपालले बलिङको निम्तो पाएको हो । आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । जसमा करण केसीलाई बेन्चमा राखेर पव सरार्फलाई मैदान उतारेको छ । सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

नेपाल आज पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ । नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा छ ।  नेपालले १८ खेलमा १७ अंक जोडेको छ । नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौँ स्थानमा छ ।

Logo