काठमाडौं ।
नेपाली लिग स्पिनर सन्दीप लामिछाने अनुबन्धित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा तेस्रो जित निकालेको छ । हालसम्म खेलिएका प्रतियोगिताका ६ खेल मध्ये पछिल्लो खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रोयटसलाई ३७ रनले पराजित गरेको हो ।
जितका लागि जमैकाले दिएको १४८ रनको लक्ष्य पछाएको सेन्ट किट्स १९.४ ओभरमा ११० रन बनाएर अलआउट भएपछि जमैकाले खेल ३७ रनले जितेको हो ।
यस खेलमा जमैकाका बलर कार्लोस ब्रेथवेटले ३ विकेट लिएका थिए । यस्तै सन्दीप लामिछाने, फिडेल एड्वार्ड्स र वीरासामी पेरमाउलले २/२ विकेट लिए ।
नेपाली स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २७ रन दिएर २ विकेट लिएका थिए । योसँगै जमैका आफ्नो ६ खेलमा तेस्रो जित दर्ता गर्दै अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । अब जमैकाको अर्को खेल भदौ १६ गते ट्रीबागो नाइट राइडर्सविरुद्ध हुनेछ ।































प्रतिक्रिया