यो ३० वर्ष अघिको कुरा हाे जतिबेला विनोद काम्ब्लेले आफ्नो पहिलो सात खेलमा ७९३ रन बनाएर विश्व क्रिकेटमा तहल्का मच्चाएका थिए । सन् १९९३ को दशकमा एक ब्याट्सम्यानले टेस्ट म्याचमा ११३.२९ को स्ट्राइक रेटमा रन बनाए, कल्पना गर्नुहोस् त्यो समय उनको ब्याटिङ कति चमत्कारिक थियो होला ।
कुनै बेलाका बिस्फोटक ब्याट्सम्यान काम्ब्ले अहिले बेरोजगार भएका छन् । उनी कामका लागि यति विचलित भएका छन् कि आफ्नो परिवार चलाउन जस्तोसुकै काम पनि गर्न तयार छन् ।
५० वर्षीय काम्ब्लेलाई अहिले चिन्न पनि गाह्रो भएको छ । सेतो झुस्स दाह्री र टाउकोमा टोपी लगाएर एमसीए कफी सपमा खिचाएको उनको तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । कुनै बेला घाँटीमा सुनको चेन, हातमा सुनको ब्रेसलेट, ब्रान्डेड घडी लगाउने उनी हाल ती कुनै पनि वस्तुहरु उनको शरीरमा छैनन । तस्बिरमा देखिए अनुसार उनले बोकेको मोबाइलको स्क्रिन पनि समेत फुटेको छ ।
विनोद काम्ब्लेले बीसीसीआईबाट प्रत्येक महिना ३० हजार रुपैयाँ पेन्सन पाउँछन् । हाल उनको आम्दानीको स्रोत पनि यहि एउटा मात्र हो । उनी पछिल्लो पटक सन् २०१९ मा मुम्बई टी–२० लिग टोलीको प्रशिक्षक बनेका थिए ।































प्रतिक्रिया