आश्चर्यजनक तथ्य सार्वजनिकः फोन-ल्यापटपको स्क्रिनले मोटोपन बढ्दै

आश्चर्यजनक तथ्य सार्वजनिकः फोन-ल्यापटपको स्क्रिनले मोटोपन बढ्दै


मोबाइल फोनदेखि ल्यापटप र ट्याबसम्म विभिन्न उपकरणको स्क्रिनमा धेरै समय बिताउँदा मोटोपना र मनोवैज्ञानिक समस्याहरू बढ्दै गएको छ।

हालै गरिएको एक अनुसन्धानका अनुसार यी उपकरणहरूबाट निलो प्रकाशले हाम्रो आधारभूत जैविक कार्यहरूलाई असर गर्न सक्ने बताइएको छ । यो निष्कर्ष मेडिकल जर्नल फ्रन्टियर्स इन एजिङमा प्रकाशित एक अध्ययनबाट आएको हो। यो अध्ययन झिंगामा गरिए पनि मानवमा पनि यस्तै प्रभाव देख्न सकिने आश्चर्यजनक नतिजा आएको छ । 

अध्ययनका अनुसार टिभी, ल्यापटप र फोन जस्ता दैनिक उपकरणहरूको स्क्रिनबाट निस्कने निलो प्रकाशको अत्यधिक एक्सपोजरले छाला र न्यूरोन्सलाई असर गर्न सक्छ। यसले कोशिकाहरूमा पनि हानिकारक प्रभाव पार्न सक्छ। अत्यधिक नीलो प्रकाशको जोखिमबाट बच्नु राम्रो एन्टी– एजिंग रणनीति हुन सक्छ। यो नीलो प्रकाशमा परेका झिंगाहरू अँध्यारोमा भन्दा लामो समयसम्म बाँच्ने अन्वेषकहरूले देखाए । 

ओरेगन स्टेट युनिभर्सिटीको एकीकृत जीवविज्ञान विभागका प्रोफेसर डा. जाडविगा गिबुलटोविजले कोशिकाहरू ठीकसँग काम गर्नका लागि विशिष्ट मेटाबोलाइटहरू आवश्यक भए पनि नीलो प्रकाशको प्रभावबाट प्रभावित हुने यो सम्भवतः पहिलो पटक भएको बताएका छन्।

Logo