लकडाउन अवधिभर इन्टरनेटको लाइन नकाट्न सरकारको निर्देशन

लकडाउन अवधिभर इन्टरनेटको लाइन नकाट्न सरकारको निर्देशन


काठमाडौं ।

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन रोकथामको लागि गरेको लकडाउनको अवधिभरि सेवा शुल्क बापत तिर्नु पर्ने रकम तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन नकाट्न इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।

अहिलेको विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु सूचारु राख्नु पर्ने भएता पनि केही इन्टरनेट सेवा प्रदायकहरुले समयमा महशुल भुक्तानी नगरेको भन्दै लाइन काटेपछि नेपाल दूरसञ्चार प्राधिकरणमा जनगुनासो पुग्न थालेको छ भने पछिल्लो लकडाउन पछिका दिनमा इन्टरनेटको प्रयोग ह्वात्तै बढेको छ ।

प्राधिकरणले लकडाउनको अवधिमा इन्टरनेट सेवाको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भएकोले सम्भव भएसम्म अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न आग्रह गरेको छ ।

भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टरनेट सेवा समेत निरन्तर सञ्चालन हुने गरी लकडाउन अवधि पश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएको एक सूचना जारी गरि जानकारी दिइएको छ ।

Logo