भाइनेट कम्युनिकेशनमा साइबर हमला

भाइनेट कम्युनिकेशनमा साइबर हमला


इन्टरनेट सेवा प्रदायक कम्पनी भाइनेट कम्युनिकेशनमा साइबर हमला भएको छ ।

ह्याकरले प्रणाली ह्याक गरी ट्वीटरमार्फत सार्वजनिक गरेपछि मात्रै भाइनेटले जानकारी पाएको थियो । साइबर हमला हिजो भएको भएपनि आज दिउँसो मात्रै जानकारी पाएको भाइनेट कम्युनिकेशनका म्यानेजिङ डाईरेक्टर विनय बोहोराले बताए ।

‘ह्याकरले इन्टरनेट प्रयोगकर्ताहरुको इमेल, फोन नम्बर तथा महत्वपूर्ण जानकारी लिन खोजेको देखिन्छ ।’ म्यानेजिङ डाइरेक्टर बोहोराले केन्द्रबिन्दुसँग भने । अहिलेसम्म के कति क्षति भएको छ भन्ने बारेमा जानकारी आइसकेको छैन । ह्याकिङको सत्य तथ्यको खोजी भइरहेको डाइरेक्टर बोहोराको भनाइ छ ।

Logo