स्मार्टद्वारा “लकडाउन” अवधिका लागि विभिन्न सेवाहरु उपलब्ध

स्मार्टद्वारा “लकडाउन” अवधिका लागि विभिन्न सेवाहरु उपलब्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई घरमै बसी कोभिड–१९ को संक्रमण रोक्ने यस देशव्यापी प्रयासमा सहभागी हुन थप प्रेरित गर्दै विभिन्न सेवा तथा अफरहरु ल्याएको छ । यस संवेदनशील घडीमा ग्राहकहरु अत्यावश्यक काम बाहेकका लागि घर बाहिर निस्कन नहुने आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न अतिरिक्त सेवाहरु ल्याएको हो ।

स्मार्ट टेलिकमको यस प्रयास अनुरुप अब ग्राहकहरुले २० जी.बी. को डाटा प्याक मात्र ३९९ (कर बाहेक) मा प्राप्त गर्न सक्नेछन् । उक्त डाटा प्याक ३० दिनको लागि मान्य हुनेछ । यसका अतिरिक्त, स्मार्ट प्रयोगकर्ताहरुले हरेक डाटा प्याकको खरिदमा डबल डाटा प्राप्त गर्न सक्ने सुविधा पनि रहेको छ । साथै, यस लकडाउनको अवधिभरि हरेक १०० रुपैयाँ वा बढिको रिचार्जमा विभिन्न टकटाइम, एसएमएस तथा डाटा बोनस स्वरुप प्राप्त गर्न सक्ने पनि कम्पनिले जनाएको छ । ब्यालेन्स रु. १ भन्दा कम भएमा अब ग्राहकहरुले ८१२९८४०३ डायल गरी रु. ४० को स्मार्ट लोन समेत लिन सक्नेछन् ।

प्रयोगकर्ताहरुलाई अत्यावश्यक काम बाहेकका लागि घरबाट बाहिर ननिस्कन प्रेरित गर्न स्मार्टले घरैबाट मोबाइल टपअप पनि गर्ने सुविधा उपलब्ध गराएको छ । यो सुविधा सम्भव बनाउन स्मार्टले इसेवा, खल्ती, पे प्वाइन्ट तथा इनेट पे जस्ता अनलाइन पेमेन्ट एपहरुसँग समन्वय गर्दै आएको छ भने ग्राहकहरुले उक्त एपहरु मार्फत घरैबाट रिचार्ज गर्न सक्नेछन् ।

स्मार्टको बारेमा

स्मार्ट टेलिकम, नेपालको तेस्रो ठूलो टेलिकम कम्पनी हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पु¥याउने यसको लक्ष्य रहेको छ । स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले सन् २०१३ मा एकीकृत इजाजत प्राप्त गरेको छ । दक्ष एवं कर्मठ कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ ।

कम्पनीले नेपालका ४५ जिल्लाहरुमा आफ्नो सेवा प्रदान गरिसकेको छ । आफ्नो गुणस्तरीय नेटवर्क विस्तारमा केन्द्रित रही कम्पनीले निरन्तर रुपमा लगानी वृद्धि समेत गरी आम नेपालीहरु माझ उच्चस्तरीय इन्टरनेट स्पीड तथा कभरेज प्रदान गर्दै आएको छ ।

Logo