गएराति पश्चिम नेपालको आकाशमा उल्कापीण्ड देखियो

गएराति पश्चिम नेपालको आकाशमा उल्कापीण्ड देखियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

गएराति नेपाली आकाशमा अचम्म किसिमको चम्किलो बस्तु देखिएको छ। राति करिब सवा ८ बजेतिर आगोको झिल्का जस्तो देखिने चम्किलो वस्तु पोखरा र यस आसापासको आकाशमा देखिएपछि स्थानियहरु अचम्मित भएका थिए ।

निकै उज्यालो भएर देखिएको यस्तो वस्तु आकासमा केहि सेकेन्ड मात्र देखिएको थियो । कास्की, पाल्पा, स्याङ्गजा, र अर्घाखाँची लगायतका जिल्लाबाट यो वस्तु सहज रुपमा देखिएको थियो ।

ठूलो आवाज सहित देखिएको यो के वस्तु हो भन्नेमा भने स्थानियवासी अन्योलमा रहेका थिए । उल्कापीण्ड जस्तो देखिएको यो चम्किलो वस्तुको तस्वीर यतिबेला सामाजिक संजालहरुमा भाइरल बनिरहेका छन् ।

यसैबीच सो वस्तु उल्कापीण्ड भएको हुन सक्ने र यस विषयमा अनुसन्धान हुँदै गरेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले एक विज्ञप्ती मार्फत जनाएको छ ।

Logo