इन्टरनेट कम खपत गर्न सेवा प्रदायकको अपिल

इन्टरनेट कम खपत गर्न सेवा प्रदायकको अपिल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नोवेल कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिइरहेको अवस्थामा इन्टरनेटको अत्याधिक खपत भएकाले अत्यावश्य काममा मात्र प्रयोग गर्न इन्टरनेट सेवा प्रदायक संस्थाले अपिल गरेको छ । आइतबार इन्टरनेट सेवा प्रदायक संस्था नेपालले प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।

संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘अरु समयको भन्दा ब्यान्डविथको खपत अत्याधिक मात्रमा बढ्न गएकाले सेवा प्रदायकहरुको नेटवर्कमा अत्याधिक भार पर्न गएको छ । यस्तो अत्याधिक भारलाई कम गर्न र सूचना सम्बाहमा कुनै प्रकारको समस्या नआओस भन्नका हेतुले हामी हाम्रा सम्पूर्ण ग्राहकवर्गहरुलाई इन्टरनेटको अत्याधिक खपत हुने खालका एप्सहरु, अनलाईन गेमहरु, भिडियो सामग्रीहरु तथा अनावश्यक वेबसाइटहरुको प्रयोग नगर्नुहुन अनुरोध गर्दछौ ।’

त्यस्तै संस्थाले यस्तो गभ्भीर परिस्थितिमा सकेसम्म सेवाको सुचारुता र गुणस्तर कायम राख्नेमा कटिबद्ध रहने समेत उल्लेख गरेको छ । साथै इन्टरनेट सेवाको प्रयोग मनोरञ्जनात्क भन्दा पनि सूचना मुलक रुपमा प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

Logo