यस्तो छ घर-घरमा सेनिटाइजर बनाउने प्रविधि (भिडियोसहित)

यस्तो छ घर-घरमा सेनिटाइजर बनाउने प्रविधि (भिडियोसहित)


काठमाडौँ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) विश्वभर महामारीका रुपमा फैलिएको छ । यसबाट बच्नका लागि अपनाउनु पर्ने विभिन्न सावधानीहरुको उपायमा सेनिटाइजरको प्रयोगलाई पनि विशेष प्राथमिकता दिइएको छ ।

कोरोनाको महामारी फैलिएसँगै नेपालमा सेनिटाइजरको अभाव भएको छ । अभावसँगै कालोबजारी समेत बढेको छ । सेनिटाइजरको अभावलाई मध्यनजर गर्दै ललितपुर महानगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सहकार्यमा रक्सीबाट सेनिटाइजर बनाउन सुरु गरेका छन् ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले अल्कोहलको मात्रा ६० प्रतिशत वा सो भन्दा बढी भएका सेनिटाइजरको प्रयोग गर्नुपर्ने सुझाव दिएसँगै नास्टले अहिले घरेलु रक्सी प्रयोग गरेर सेनिटाइजर बनाउने तालिम दिइरहेको छ । कसरी बनाउन सकिन्छ त सेनिटाइजर ? हेरौं यो भिडियोमा :

 

Logo