डिशहोमले सुरु गर्‍यो ‘के वर्ड’ च्यानल

डिशहोमले सुरु गर्‍यो ‘के वर्ड’ च्यानल


काठमाडौं ।
नेपालको नम्बर १ एचडी च्यानल डिशहोमले विश्व चर्चित कोरियन गीत र सिरिज प्रसारण हुने नयाँ च्यानल सुरु गर्ने भएको छ ।

नेपाली दर्शकलाई मध्यनजर गर्दै डिशहोमले (के वर्ड) च्यानल सुरु गर्ने भएको हो । त्यस्तै के पप, माइ लिटिल वेवी, रिचम्यान, किङ इन द लभ, मिल्टिङ हार्ट आदि जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुनेछन् ।

यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुले हेर्न सक्नेछन् । साथै डिशहोम गो वटीटी एप मार्फत पनि यसलाई हेर्न सकिनेछ ।

नेपाली टेलिभिजन दर्शक माझ विभिन्न च्यानल संचालन गरिरहेको डिशहोमले अब संचालन गर्न लागेको नयाँ च्यानलले नेपाली दर्शकलाई फरक स्वादको मनोरञ्जन प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ । पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवापुस्तामा पनि लोकप्रिय हुँदै आएको छ ।

Logo