रिचार्जर एपका स्किम नै स्किम (भिडियोसहित)

रिचार्जर एपका स्किम नै स्किम (भिडियोसहित)


काठमाडौं ।

एउटै ‘प्लेटफर्म’बाट विभिन्न किसिमका सेवा दिँदै आएको ‘रिचार्जर मोबाइल एप’ पछिल्लो समय ग्राहकको मन जित्न सफल हुँदै आएको छ । ‘गुगल प्ले’ तथा ‘एप्पल’को ‘एप स्टोर’बाट ‘रिचार्जर डाउनलोड’ गरी ‘एकाउण्ट’ खोलेपछि प्रयोगकर्ताले १०० रुपैंयाँ ‘क्यास व्याक’ पाउने ब्यवस्था रहेकोछ । त्यसपछि जतिको मोबाइल ‘रिचार्ज’ गर्ने हो, त्यत्ति नै ‘क्यास व्याक’ हुने ‘रिचार्जर’को प्रावधान रहेको छ । यसरी प्राप्त हुने ‘क्यास व्याक’लाई ‘रिचार्जर’ बाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ ।’

सेवा र किनमेलका लागि उपयोगी रिचार्जरमा ७० प्रतिशतसम्म छुटमा सामानहरु किन्न सकिन्छ । त्यसैगरी विभिन्न बैंकहरुसँगको सहकार्यमा शुन्य प्रतिशत व्याजदरमा किस्ता बन्दीमा ग्याजेट, ईलोक्ट्रोनिक्स, टुर प्याकेज, फर्निचर लगायतका घरायसी उपयोगका सामानहरु पनि खरिद गर्न सकिन्छ ।

ग्राहकको रुचाईमा पर्न थालेको रिचार्जरले बेलाबेलामा आकर्षक स्किमहरु ल्याउने गरेको छ । ‘क्यास व्याक’को सवालमा त यो एप झनै उल्लेख्य र अतुलनीय नै रहेको छ । भिडियो :

Logo