सैन्य विज्ञान र प्रविधी प्रतियोगिता हुँदै

सैन्य विज्ञान र प्रविधी प्रतियोगिता हुँदै


काठमाडौं । नेपाली सेनाले सैन्य विज्ञान र प्रविधिक प्रतियोगिताको आयोजना गर्ने भएको छ । जसको लागि पुस ८ गतेभित्र फारम भरिसक्नुपर्नेछ भने २०७७ बैसाख १९ र २० गते प्रतिस्पर्धा हुने नेपाली सेनाले जनाएको छ ।

नेपालमा विज्ञान र प्रविधीको विकासको लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याउन लागेको आयोजकले जनाएको छ । नेपाली सेनाका लागि उपभोग्य हुने वस्तुहरूको सिर्जना तथा अविस्कारमा सहयोग हुने प्रायोजनको लागि आयोजना हुन लागेको हो । सो कार्यक्रम डिफेन्स टेकनोलोजी, वातावरण र संरक्षण प्रविधी, आन्तरिक सुरक्षा प्रविधी, डिजास्टर सपोर्ट टेकनोलोजीलगायतका क्षेत्रहरूमा सञ्चालन हुने भएको छ ।

प्रतियोगिता कक्षा १२ सञ्चालीत माध्यमिक तह, स्नातक तह, खुल्ला र नेपाली सेनाका प्रतिस्पर्धीहरूबीच हुन लागेको नेपाली सेनाले जनाएको छ । कक्षा १२ सञ्चालित प्रतियोगितावाट पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई २५ हजार दिने आयोजकले जनाएको छ ।  स्नातक तहवाट पहिलो हुनेलाई २ लाख, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार राखिएको छ ।

खुल्ला प्रतियोगीतावाट पहिलो हुनेलाई ३ लाख, दोस्रो हुनेलाई १ लाख ५० हजार र तेस्रो हुनेलाई ७५ हजारको व्यवस्था गरिएको छ ।
नेपाल आर्मीभित्रको प्रतियोगिता अन्तरगत पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार पुरस्कार जित्ने आयोजकले जनाएको छ ।

Logo