रिचार्जकाे पिन काेरिए यसरी गराैं रिचार्ज

रिचार्जकाे पिन काेरिए यसरी गराैं रिचार्ज


काठमाडौं ।  टेलिकमको रिचार्ज कार्डमा भएकाे पिन नम्बर मेटिएर कम्तीमा ६ वटा नम्बर मात्र बुझिने भएपनि अब रिचार्ज हुने भएको छ । कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सकिने भएको हो ।

कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने ६ वटा पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनुपर्छ ।

यसका लागि कम्पनीको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्ने वा त्यसबारे जान्नकाे लागि यहाँ क्लिक गर्नुपर्छ ।

 

Logo