‘पब्जी’को विश्वकपमा नेपाली टोली जित्यो १० लाख पुरस्कार

‘पब्जी’को विश्वकपमा नेपाली टोली जित्यो १० लाख पुरस्कार


इन्टरनेटमा आधारित अनलाइन गेम ‘पब्जी’को विश्वकपमा नेपाली टोलीले १० हजार डलर (१० लाख रुपैयाँ) जितेको छ ।

साउदीअरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वर्ल्डकप’ मा नेपाली टिम ‘इलिमेन्ट्रिक्स’ले सातौ स्थान हाँसिल गर्दै उक्त पुरस्कार हात परेको हो । प्रतियोगितामा ३२ देशले भाग लिएका थिए ।

पहिलो पुरस्कार रसियाको ‘टिम यूनिक’ले जितेको छ । उसले एक लाख डलर हात पारेको छ ।  दोस्रो स्थानमा आएको थाइल्यान्डको आरआरक्यू एथेनाले ६० हजार डलर, तेस्रो स्थान हासिल गर्ने अर्जेन्टिनाको टिम केयसोले ४० हजार डलर पाएको छ । प्रत्येक टिममा ५ जना खेलाडी थिए ।

Logo