क्यान महांसघको अध्यक्षमा नवराज कुँवर विजयी

क्यान महांसघको अध्यक्षमा नवराज कुँवर विजयी


कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) को अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । शनिबार सम्पन्न १३औं कार्यसमितिको निर्वाचनमा प्रतिस्पर्धी सुनैना घिमिरे पाण्डेलाई पराजित गर्दै कुँवर विजयी भएका हुन् ।

कुँवरको विजयसँगै क्यान महासंघले पहिलो पटक काठमाडौं उपत्यका बाहिरबाट नेतृत्व पाएको छ । निर्वाचनमा संस्थागत आजीवन समूह सदस्यमा डा. पवनकुमार शर्मा, नवीन जोशी र राजेन्द्र अर्याल विजयी भएका छन् ।

त्यस्तै संस्थागत समूहतर्फ पाण्डे प्यानल विजयी भएको छ । विजयी हुनेमा अरुण वंशल, उमेश रघुवंशी, रञ्जित पोदार र बुद्धरत्न मानन्धर छन् । संस्थागत महिलातर्फ यसअघि नै कुँवर पक्षबाट शर्मिला भुजेल र पाण्डे तर्फबाट सरिता सिंह र रेभा राजभण्डारी निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै व्यक्तिगत आजीवन सदस्यतर्फ पाण्डे प्यानलकै हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवाल विजयी भए ।

व्यक्तिगत महिलातर्फ पाण्डे प्यानलका सुस्मा शर्मा र गुणकेशरी प्रधान तथा कुँवर प्यानलकी रत्नतारा वैद्य निर्विरोध निर्वाचिचत भएका थिए ।

यसैगरी प्रदेश ४ बाट कास्कीका जगनबहादुर गुरुङ र बागलुङका कृष्ण पौडेल विजयी भए ।

प्रदेश ३ मा कुँवर प्यानलका शेखरनाथ दुलाल (काभ्रे) र भानु शर्मा (चितवन) निर्वाचित भए ।

त्यस्तै अन्य प्रदेशतर्फ दिपेन्द्रकुमार सिंह र भुपालदास श्रेष्ठ प्रदेश २, रेशमगिरी र ध्रुवराजशर्मा प्रदेश ५, दलबहादुर खड्का र भीममल्ल कर्णाली प्रदेश एवं हर्क सेट्टी र खेमराज ढुंगाना सुदूूरपश्चिम प्रदेशबाट निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै प्रदेश १ बाट ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनाली निर्विरोध भएका छन् । वस्तुगत सदस्य समूहबाट यसअघि नै कुँवर प्यानलबाट नारायणबहादुर थापा, भोजराज भट्ट, चिरञ्जिवी अधिकारी र प्रताप सापकोटा निर्विरोध निर्वाचित भइसकेका छन् ।

Logo