नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा सहरमा फोरजी सेवा सुरु गरेको छ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग फोरजी प्रविधीको प्रयोग गर्दै भिडियो कन्फरेन्स गर्दै सेवा सुभारम्भ गरेका थिए ।
टेलिकमले मुख्य सहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी सहरमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।
त्यस्तै, साना सहरअन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु गरिएको छ ।





























प्रतिक्रिया