सावधान ! कति पटक सेक्स गर्नुभयो ? फेसबुकले थाहा पाउला नि !

सावधान ! कति पटक सेक्स गर्नुभयो ? फेसबुकले थाहा पाउला नि !

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । हामी फेसबुकलाई सूचना आदान प्रदानको साधन मान्छौं । तर फेसबुकले तपाई हाम्रा कैयौं गोप्य डाटा पनि संकलन गर्ने गरेको छ । जुन अति नै गोप्य तरिकाले गर्छ । फेसबुकले एकातिर तपाईको व्यक्तिगत जानकारी, गोप्य सूचना, म्यासेज तथा तस्बिरहरू राख्छ । अर्कोतिर तपाईको आवश्यकता हेरेर विज्ञापन गर्छ ।

अर्को चकित पार्ने कुरा तपाईले अन्तिम पटक कहिले यौन सम्पर्क गर्नुभयो ? भन्ने जानकारी समेत फेसबुकलाई हुने गरेको छ । प्राइभेसी इन्टरनेसनलको एक रिपोर्ट अनुसार फेसबुकले तपाईले अन्तिम पटक कहिले यौन सम्पर्क राख्नुभयो ? महिलाहरूको महिनावारी चक्र कहिले हो ? बारेमा जानकारी पाउँछ ।

महिलाहरुले प्रयोग गर्ने पिरियड ट्रयाकर एपले उनीहरुको स्वास्थ्यसम्बन्धी विभिन्न नितान्त व्यक्तिगत जानकारीहरु राख्छ । र त्यो जानकारी तेश्रो पक्ष अर्थात् थर्ड पार्टी सर्भिसहरुलाई जान्छ । जुन सोसल नेटवर्क फेसबुक पनि एक हो ।

महिलाहरुको महिनावारीलाई ट्रयाक गर्ने दुईवटा सबैभन्दा लोकप्रिय एप Maya / Mia ले फेसबुक सफ्टवेयर डेभलपमेन्ट किटको माध्यमबाट थर्ड पार्टी एप्स तथा वेबसाइटसँग आफ्नो प्रयोगकर्ताका यस्ता निजी जानकारीहरु शेयर गर्दछन् ।  यसो गर्दा उसलाई सम्बन्धित विज्ञापन कम्पनीसँग डिल गरेर तपाईलाई सोही विज्ञापन पठाउने काम गर्छ ।

माया र मिय एपले व्यक्तिगत डाटा संकलन गर्ने क्रममा उनीहरूको मुडबारे पनि जानकारी राख्छ । जो जानकारी सिधै फेसबुकलाई पठाइदिन्छ । जुन फेसबुकले गोप्य राख्दै आएको छ ।

माया एपले प्रयोगकर्ताको विवरण फेसबुकसँग शेयर गर्दछ । माया एपमा भएका केही फिचर्सको सहायताले प्रयोगकर्ताको मुडसमेत पहिचान गरी फेसबुकलाई जानकारी दिन्छ । यसको पछाडिको कारण फेसबुकले प्रयोगकर्ताको मुडको हिसाबले विज्ञापन देखाउन सकोस् भन्ने हो । यस्ता एपबारे प्रश्न उठ्न थालेपछि फेसबुकले अनुसन्धान थालेको छ ।

Logo