ट्वीटर संस्थापककै एकाउन्ट ह्याक

ट्वीटर संस्थापककै एकाउन्ट ह्याक

केन्द्रबिन्दु
0
Shares

ट्वीटरका संस्थापक तथा प्रमुख कार्यकारी ज्याक डोर्सीको ट्वीटर एकाउन्ट ह्याक भएको छ ।

ह्याकरको समूहले डोर्सीको एकाउन्ट ह्याक गरी  गरेको हो । निकै आपत्तिजनक तथा रंगभेदी ट्वीट गरेका थिए । ती ट्वीट १५ मिनेटसम्म रहेका थिए । डोर्सीको ४० लाख भन्दा बढी फलोअर्स रहेको छ।

ट्वीटरले पछि सो एकाउन्टमा आफ्नो नियन्त्रण कायम भएको र ह्याकरबाट छुटाउन सफल भएको जनाएको छ । ट्वीटरले ट्वीट गरेको छ, ‘अहिले एकाउन्ट सुरक्षित छ, र ट्वीटरले कुनै पनि सुरक्षात्मक प्रणालीमा सम्झौता गर्ने छैन ।’

ह्याक जिम्मेवारी चकल स्क्वाड नामको एक समूहले लिएको छ ।

Logo