१९६ फिटको उचाइमा बनाइयो मंगलजस्तै ग्रह, ३ दिन बस्न ७.६८ लाख रुपैयाँ खर्चनुपर्ने

१९६ फिटको उचाइमा बनाइयो मंगलजस्तै ग्रह, ३ दिन बस्न ७.६८ लाख रुपैयाँ खर्चनुपर्ने

केन्द्रबिन्दु
0
Shares

मंगल ग्रहमा जान चाहनेहरूका लागि होलिडे बेवसाइट ट्रिप एडभाइजरले पृथ्वीमै मंगलजस्तो कृत्रिम ग्रह तयार पारेका छन् । मंगलजस्तै देखिने यस्तो कृत्रिम ग्रह उत्तरी स्पेनको गुफाहरूमा तयार पारिएको हो । कम्पनीले पर्यटकहरूलाई यहाँ आएर तीन दिन र रात बिताउने प्रस्ताव दिएको छ । यसका लागि ७ लाख ६८ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

कम्पनीले १.४ किलोमिटर लामो गुफामा बस्दा मंगल ग्रहजस्तै अनुभव हुने दाबी गरेको छ ।

कृत्रिम मंगल जमिनबाट १९६ फिटको उचाइमा अवस्थित छ र यहाँ १.४ किलोमिटर लामो गुफा छ । यसमा दुर्पन्न मंगल ग्रहजस्तै स्थिति हुने दावी गरिएको छ । यहाँ पुगेपछि संसार र संसारका मानिसहरूको सम्बन्ध पूर्ण रूपले टुट्छ । यसको पहिलो परीक्षण भइसकेको छ । एजेन्सीले यसलाई पर्यटकका लागि खुला गरिदिएको छ ।

कम्पनीका अनुसार यहाँ आउनका लागि पर्यटकले पहिले ३० दिने प्रोग्राममा भाग लिनुपर्छ । यसमा उनीहरूलाई तीन हप्ताको अनलाइन ट्रेनिङ दिइन्छ । यसका साथै पर्यटकलाइृ शारीरिक एवं मानसिक रूपमा बलियो बनाउनका लागि ३ दिनको तालिम प्रदान गरिन्छ । यति गरिसकेपछि मात्र पर्यटकहरूलाई ३ दिन ३ रातको मंगल यात्रामा जाने अनुमति मिल्छ । त्यहाँ जानका लागि पर्यटकहरूले विशेष किसिमको उपकरण लगाउनुपर्ने हुन्छ ।

कम्पनीका अनुसार तीन दिनको खर्च मात्रै करिब ७ लाख ७० हजार रुपैयाँ लाग्छ । तपाईं पनि रोमाञ्चक यात्रामा जान चाहनुहुन्छ भने यो तपाईंका लागि अविस्मरणीय पल बन्ने छ । यसलाई बनाउने कम्पनी एस्ट्रोल्यान्डका सीईओ डेभिड सेब्लोस भन्छन्–हामी ट्रिप एडभाइजरका साथ मिलेर काम गरिरहेका छौँ । यो प्रोजेक्टमा जोडिन पाउँदा म अत्यन्त खुसी छु किनभने स्पेस टेक्नोलोजीमा लगानी गर्नु पनि एक प्रकारको आविष्कार नै हो ।

एजेन्सी

Logo