हुवावेकाे आफ्नै अपरेटिङ सिस्टम : हार्माेनी ओएस

हुवावेकाे आफ्नै अपरेटिङ सिस्टम : हार्माेनी ओएस

केन्द्रबिन्दु
0
Shares

चिनियाँ टेक जायन्ट हुवावेले आफ्नै अपरेटिङ सिस्टम  ल्याएको छ। चिनियाँ नाम होङमेङ राखिएको यसको ग्लोबल नाम भने हार्मोनी ओएस हुनेछ।

हुवावेको यो सिस्टम मल्टी डिभाइस कनेक्ट हुनेछ। स्मार्टफोन तथा अन्य होम डिभाइसमा प्रयोग गर्न मिल्ने यसको पहिलो प्रयोग भने स्क्रिन डिभाइसमा हुने बताइएकाे छ।

कम्पनीका कन्जुमर प्रमुख कार्यकारी रिचर्ड युले हार्मोनी सार्वजनिक गर्दै यो सिस्टम स्मार्टफोन,स्मार्ट स्क्रिन, स्पिकर र सेन्सरसम्म प्रयोग गर्न मिल्ने जानकारी दिए। हुवावेको इन्टरनेट अफ थिंकको पार्टका रुपमा घोषित याे सिस्टम इन्टरनेटबाट चल्ने हरेक डिभाइसमा प्रयोग हुने कुरा कम्पनीले बताएकाे छ।

अबको तीन वर्षभित्र हुवावेका सबै डिभाइसमा यसको प्रयोग हुने कम्पनीले घोषणा गरेको छ। शुरुमा यो चीनमा मात्र प्रयोगमा आउनेछ।

संयुक्त राज्य अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेपछि गुगलले ९० दिनको अल्टिमेटम दिएको थियो। गुगलको एन्ड्रोयड र माइक्रोसफ्टको विन्डो सिस्टम प्रयोग गरिरहेको हुवावेले तत्काल आफ्नै अपरेटिङ सिस्टमको विकासलाई तीब्रता दिएको थियो।

गत जुनमा जापानमा भएको जी २० सम्मेलनमा चिनियाँ राष्ट्रपतिसँगको मिटिङपछि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले हुवावेलाई अमेरिकी कम्पनीसँगको कारोबार खुला गरिने घोषणा गरेका थिए। तर यो अहिलेसम्म लागू भने भएको छैन।

गुगलले दिएको ९० दिने अल्टिमेटम पनि सकिएको छ। एन्ड्रोयड प्रयोगमा कुनै बाधा पनि भएको छैन। यद्यपि हुवावे अब भने तयार भएको छ। उसकाे हार्मोनी जुनसुकै डिभाइसमा प्रयोग गर्न सकिने भएको छ। कम्पनीका कन्जुमर प्रमुख कार्यकारी रिचर्डले तत्काल एन्ड्रोयडबाट यसमा जान कम्पनीलाई कुनै कठिन नहुने बताएका छन्। एजेन्सी

Logo