भृकुटीमण्डपमा २९औं संस्करणको क्यान इन्फोटेक मेला सुरु [फाेटाेफिचर]

भृकुटीमण्डपमा २९औं संस्करणको क्यान इन्फोटेक मेला सुरु [फाेटाेफिचर]

केन्द्रबिन्दु
854
Shares

काठमाडाैं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शन गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला सुरु भएको छ ।

बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदर्शनीको उद्घाटन गरेकी हुन् । पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न कम्पनीका १५० वटा स्टल रहेको आयोजकले जनाएको छ । प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ ।

क्यान इन्फोटेकमा नेपालमै विकास भएको एआई जेनेरेटिभ सिस्टमदेखि नेपाली समाजलाई उपयोगी हुने विभिन्न उत्पादनको विशेष प्रदर्शनी हुने महासंघका अध्यक्ष रणजीत पोदारले जानकारी दिए । त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गर्ने प्रयास भएको उनले उल्लेख गरे ।

यसैगरी नेपालमै निर्मित ‘कान्छी रोबोट’ र ‘कता हो’ डिजिटल ठेगाना प्रणाली पनि मेलामै पहिलोपटक लन्च गरिएको छ ।प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने आयोजकको विश्वास छ ।

Logo