आज विश्व रेडियो दिवस मनाइँदै

आज विश्व रेडियो दिवस मनाइँदै

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। आज फेब्रवरी १३ अर्थात् विश्व रेडियो दिवस मनाइँदैछ। ‘रेडियो र विश्वास’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाइँदैछ। नेपालमा पनि रेडियोकर्मी र सम्बद्ध संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्।

नेपालमा खास गरी १० बर्षे सशस्त्र द्वन्दका बेला नेपालका रेडियोहरूले पुर्याएको योगदान र शान्ति प्रकृयामा रेडियोले गरेको योगदान इतिहासमा सुवर्ण अक्षरले लेखिएको छ। देशका कुना कन्दरासम्म पुगेको रेडियो प्रशारण अहिले पनि उत्तिकै लोकप्रिय छ।

आज सामुदायिक रेडियोहरूको छाता संगठन, सामुदायिक रेडियो प्रसारक संघले विभिन्न कार्यक्रम गरी रेडियो दिवस मनाउन लागेको छ। दिवसका अवसरमा अर्थमन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गरिएको सामुदायिक सूचना नेटवर्क (सीआइएन)का सम्पादक लक्ष्मण कार्कीले जानकारी दिए।

नेपालमा भने वि.सं. २००२ सालमा काठमाडौँमा रेडियोको प्रशारण सुरू गरेको थियो भने रेडियो नेपालको औपचारिक प्रसारण भने २००७ साल मंसिर २८ गतेदेखि भएको थियो।

एफएम रेडियोको प्रशारण भने २०५२ सालपछि सुरू भएको हो। विश्वमा भने व्यवसायिक रेडियो प्रशारण सुरू भएको करिब एक शताब्दी नै बितिसकेको छ। स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुवरी १३ तारिखलाई रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको थियो।

Logo