‘फेसएप’ फोटोकाे कमाल, हराएको १८ वर्षपछि भेटियो किशोर

‘फेसएप’ फोटोकाे कमाल, हराएको १८ वर्षपछि भेटियो किशोर

केन्द्रबिन्दु
0
Shares

अहिले विश्वभर रुसी एप्स ‘फेसएप’ को चर्चा चुलिएको छ। यद्यपि यसबाट डाटा लिक हुने भन्ने समाचारहरु पनि आइरहेका छन् ।

तर, यसको सदुपयोगले चीनको राजधानी बेइजिङमा बस्ने एक परिवारले ठूलो राहत पाएका छन्।  उनीहरुले यसको प्रयोग गरि १८ वर्ष पहिले अपहरणमा परेका किशोरलाई फेला पार्न सफल भएका हुन् ।  फेला परेका किशोर हुन् वीफेङ्ग।

प्रहरीले हराएका वीफेङ्गको पुरानो फोटोलाई फेसएपको सहायताले वर्तमान समयमा बदलेको थियो । त्यसपछि उक्त बच्चा अहिले कस्तो देखिन्छ भनेर अनुमान गरेको थियो । त्यसलगत्तै उसलाई खोज्न सुरु गर्यो । प्रहरीका अनुसार वीफेङ्ग २००१ मे ६ मा ‘कन्स्ट्रक्सन साइट’ बाट हराएका थिए । उक्त समय उनका बुबा त्यहाँ फोरम्यानको रुपमा काम गर्दथे । फेसएपको सहायताले एक सय व्यक्ति छानिएको थियो ।

तस्बिरहरुलाई छान्दै ‘वीफेङ्ग’ लाई खोज्नमा सफलता मिलेको हो । वीफेङ्ग अहिले २१ वर्षका भए । उनी अहिले कलेजमा पढ्दै छन् ।

Logo